नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख बिगो मागदावी
सोमबार, ०८ जेठ २०८०, १७ : ४२

काठमाडौँ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा भएको ठगीमा संलग्नविरुद्ध २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो मागदाबी हुने भएको छ ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो बिगो मागदाबी लिइएको हो ।
सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको सो प्रतिवेदनमा ३२ जनालाई अभियुक्त बनाइएको छ । यसलाई सरकारी वकिलको कार्यालयले अध्ययन सकेपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुनेछ ।
बुधबारसम्ममा मुद्दा दायर गर्नेगरी प्रक्रिया अघि बढाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार यो प्रकरणमा २३ थान जाहेरी परेको थियो ।
सोही जाहेरीको आधारमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ भने बाँकी १६ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता