नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख बिगो मागदावी
सोमबार, ०८ जेठ २०८०, १७ : ४२
काठमाडौँ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा भएको ठगीमा संलग्नविरुद्ध २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो मागदाबी हुने भएको छ ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो बिगो मागदाबी लिइएको हो ।
सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको सो प्रतिवेदनमा ३२ जनालाई अभियुक्त बनाइएको छ । यसलाई सरकारी वकिलको कार्यालयले अध्ययन सकेपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुनेछ ।
बुधबारसम्ममा मुद्दा दायर गर्नेगरी प्रक्रिया अघि बढाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार यो प्रकरणमा २३ थान जाहेरी परेको थियो ।
सोही जाहेरीको आधारमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ भने बाँकी १६ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण