बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अभिनेता आदित्य सिंह राजपूतको मृत्यु, प्रहरीले अनुसन्धान गर्दै

सोमबार, ०८ जेठ २०८०, २० : ५६
सोमबार, ०८ जेठ २०८०

मुम्बई । अभिनेता आदित्य सिंह राजपूतको निधन भएको छ । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आदित्य सिंह राजपूतको शव मुम्बईको अँधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण पोस्टमार्टमपछि थाहा हुनेछ ।

मिडिया रिपोर्टका अनुसार भवनको चौकीदारले आदित्य सिंह राजपूतलाई अस्पताल पुर्‍याए जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी विगत केही दिनदेखि ग्यास्ट्रिकको समस्याबाट पीडित रहेको नजिकका आफन्तले बताएका छन् ।

९ अगस्ट १९९० मा उत्तराखण्डमा जन्मेका आदित्य सिंह राजपूतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । पछि उनले चलचित्र र टिभी कार्यक्रममा पनि काम गरे । उनले ‘स्प्लिट्सभिला’ बाट चर्चा पाए । उनी कास्टिङ डायरेक्टर पनि थिए । 

आदित्यले सानैदेखि काम गर्न थालेका थिए । उनी टिभी विज्ञापन, टिभी सिरियल र चलचित्रमा स–साना भूमिका खेल्थे । सन् २००८ मा उनले अजय देवगन र काजोलको फिल्म ‘यू मी और हम’ मा पनि काम गरे । टिभीमा ‘प्यार तुने क्या किया’, ‘ये है आशिकी’ र ‘स्प्लिट्सभिला’ समावेश छन्। 

उनको परिवार आमा र बहिनी छन्। उनका बुवा नरेन्द्र सिंहको निधन भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप