अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
सारांश
- इरानका राष्ट्रपति मसुद पेजेशकियनले इरानको क्षेप्यास्त्र कार्यक्रम अमेरिका-इरानबीचको समझदारीपत्रको हिस्सा नभएको र भविष्यमा पनि नहुने बताएका छन् ।
- उनले इरानको क्षेप्यास्त्र कार्यक्रम राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक रहेको र यसले इरानलाई इजरायल र अमेरिकाबाट बचाएको दाबी गरे ।
- अमेरिकाले सार्वजनिक गरेको समझदारीपत्रको १४ बुँदे दस्तावेजमा इरानको क्षेप्यास्त्र कार्यक्रम वा रक्षा क्षमतामा कुनै प्रतिबन्ध लगाउने उल्लेख छैन, तर आणविक हतियार नबनाउने प्रतिबद्धता छ ।
इस्लामाबाद । इरानको क्षेप्यास्त्र कार्यक्रम अमेरिका–इरानबीच भएको समझदारीपत्र (एमओयू)को हिस्सा नभएको र भविष्यमा पनि इरानका राष्ट्रपति मसुद पेजेशकियनले नहुने बताएका छन् । मंगलबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पेजेशकियनले भने, ‘हाम्रा क्षेप्यास्त्रबारे कुनै छलफल एमओयूमा छैन, र कहिल्यै हुने पनि छैन,’ ।
इरानको क्षेप्यास्त्र कार्यक्रम राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक रहेको उनले जिकिर गरे । उनका अनुसार यदि इरानसँग आफ्नो रक्षा गर्न प्रयोग हुने क्षेप्यास्त्रहरू नभएको भए इजरायल र अमेरिकाले इरानलाई गम्भीर क्षति पुर्याइसकेका हुने थिए । पेजेशकियनले यी टिप्पणीहरू पाकिस्तान भ्रमणका क्रममा गरेका हुन् । भ्रमणका क्रममा उनले पाकिस्तानका उच्च अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए ।
गत साता अमेरिकाले इरानसँग भएको समझदारीपत्रको आधिकारिक पाठ सार्वजनिक गरेको थियो । अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सार्वजनिक गरेको १४ बुँदे दस्तावेजमा स्टेट अफ होर्मुज पुनः खोल्ने, इरानमाथिका केही वित्तीय प्रतिबन्धहरू खुकुलो बनाउने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्तालाई अगाडि बढाउने विषय समावेश छन् ।
सार्वजनिक गरिएको उक्त दस्तावेजमा इरानलाई आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा व्यापक रक्षा क्षमतामा कुनै प्रतिबन्ध लगाउनुपर्ने उल्लेख छैन । दस्तावेजमा हतियारसम्बन्धी स्पष्ट रूपमा उल्लेख गरिएको एकमात्र प्रतिबद्धता भनेको इरानले आणविक हतियार नबनाउने र नखरिद्ने वाचा हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई अमेरिकी सैन्य कारबाहीको प्रमुख कारणका रूपमा प्रस्तुत गरेका थिए। ।
तर पछिल्लो कूटनीतिक वार्ताका क्रममा उनको धारणा केही परिवर्तन भएको देखिएको छ । गत साता सम्पन्न जी–७ शिखर सम्मेलन मा ट्रम्पले समस्या क्षेप्यास्त्र होइन भन्दै इरानसँगको विवादमा मुख्य चासो आणविक कार्यक्रम रहेको संकेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण