शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

युट्युबमा रुचाइयो शम्भुजितको ‘चौका दाउ’

मङ्गलबार, ०९ जेठ २०८०, ११ : ३२
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मले हलमा भन्दा युट्युबमा राम्रो भ्युज पाउन थालेको छन् । सार्वजनिक प्रदर्शनमा राम्रो नभएका फिल्मले समेत युट्युबमा राम्रो भ्युज पाइरहेका छन् ।

यस्तैमा केही अगाडि प्रदर्शनमा आएको लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको फिल्म ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको शीर्ष स्थान (एक नम्बर)मा छ ।

५ दिन अघि ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक फिल्मले पहिलो दिन देखिनै युट्युव ट्रेन्डिङ कब्जा गरिरहेको हो । अहिलेसम्म १० लाख बढी भ्युज पाएको फिल्मलाई १६ हजारले लाइक गरेका छन् ।

पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा राउत, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ ।

सार्वजनिक प्रदर्शन समय बितरकको कारण राम्रो ब्यवसाय गर्न नसकेको फिल्मले समाजका विकृति विसङ्गति हास्य माध्यमबाट उठाएको छ । फिल्मलाई युट्युबमा राम्रो प्रतिक्रिया मिलिरहेको छ । 

फिल्मले युट्युबमा पाएको राम्रो प्रतिक्रिया पाएपछि निर्माता तथा संगीतकारले अर्काे फिल्म समेत निर्माण गर्ने घोषणा गरेका छन् । जसको प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप