सात कम्पनीले पाए ब्रेकर लाइसेन्स
बुधबार, १० जेठ २०८०, ०६ : ४७
नेपाल धितोपत्रबोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ ।पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए ।
आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताए । यो समाचार आर्थिक समाचार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण