रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०८ : २८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा खस/आर्य समूहबाट १० जना निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ सुशान्त वैदिकले सर्वाधिक १ हजार ५३५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसपछि सुदीप ढकालले १ हजार ४३९, हेमराज भट्टले १ हजार १४४, प्रदीप विष्टले १ हजार ५९ र डिल्लीश्वर कार्की (रोहन)ले १ हजार २२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
यस्तै महिलातर्फ प्रकृति ढकालले सर्वाधिक १ हजार ५३३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। टिका संग्रौला (ज्वाला)ले १ हजार ५२०, क्रान्तिशिखा धितालले १ हजार ५०४, जमुना शर्माले १ हजार ३० र सुशिला कार्की पोख्रेलले १ हजार १४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण