शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोदीले गर्ने नयाँ संसद् भवनको उद्घाटन समारोहलाई विपक्षी दलहरूले बहिस्कार गर्ने

बुधबार, १० जेठ २०८०, १२ : २८
बुधबार, १० जेठ २०८०

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने नयाँ संसद् भवन उद्घाटनलाई कयौँ विपक्षी पार्टीहरूले बहिस्कार गर्ने भएका छन् । कांग्रेससहित १९ विपक्षी पार्टीहरूले संयुक्त वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् । सुरुमा तृणमूल कांग्रेस र आम आदमी पार्टीले उद्घाटन समारोहलाई बहिस्कार गर्ने निर्णय गरेका थिए । अहिले यो सूचीमा आरजेडी, एनसीपी, उद्धव ठाकेरे नेतृत्वको शिवसेना, डीएमके, सीपीआईलगायत पनि जोडिएका छन् ।

यद्यपि, भारत राष्ट्रिय पार्टी (बीआरएस) ले भने यसबारे पार्टीले अझैसम्म कुनै निर्णय नलिएको बताएको छ । आरजेडी नेता बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले भने, ‘यसबारे हाम्रो सबैसँग कुराकानी भइसकेको छ, हामी समारोहलाई बहिस्कार गर्नेछौँ ।’ उनले भने, ‘यसको उद्घाटन राष्ट्रपतिले नै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, किनभने राष्ट्रपति नै संसद्को प्रमुख हुन् । उहाँबाट उद्घाटन नगराउनु, कतै न कतै उहाँको उपमान हो । हामी चाहन्छौँ उद्घाटन कार्यक्रम र संसद् भवनमा हुने पहिलो सत्रलाई सबै विपक्षी दलले बहिस्कार गरुन् ।’ आगामी मे २८ मा नयाँ भवनको उद्घाटन गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप