छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार प्युठानको गौमुखी गाउँपालिका-५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय सुमन हमालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ गोरुचौर नाग्मा मुगु सडकमा भे.१ ख २९१३ नम्बरको बसबाट लडेर बसमा सवार गोरखा धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जविर गुरुङको बुधबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ भाते ढिकुर नजिकै सडकमा ना.१ ख ९८४५ नम्बरको मिक्सर गाडी र बा.९१ प १६९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक झापा घर भई हाल भक्तपुर नलिन्चोक बस्ने २३ वर्षीय रुपेश राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिक्सर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको कलैया उपमहानगरपालिका-६ पर्सा टोलस्थित सडकमा बा.८५ प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२३ बस्ने ६४ वर्षीय देउकी साहको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि काठमाडौँ ट्रमा सेन्टर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पताल गण्डकमा उपचार भइरहेको छ ।
त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका-६ भोटे गुम्बास्थित सडकमा भोटे गुम्वाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे.१ च ७३५३ नम्बरको स्कारपिओ गाडी आफै अनियन्त्रित बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने सागर गुरुङको छोरा ५ वर्षीय अंशुमन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण