बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

शनिबार, १३ जेठ २०८०, ०५ : ५३
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

आइतबार देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप