आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम,गण्डकी र कोशी प्रदेशमा वर्षा

शनिबार, १३ जेठ २०८०, १३ : २८
शनिबार, १३ जेठ २०८०

काठमाडौँ ।  पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । प्री–मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताउँछन्।

आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि सोही किसिमको मौसमी प्रणाली कायम रहनेछ । तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप