शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममार्फत सरकारले तीन विषय बोक्नुपर्छ : रमेश लेखक

शनिबार, १३ जेठ २०८०, १८ : १३
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रमेश लेखकले नीति तथा कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लेखकले नीति तथा कार्यक्रमले मुख्य तीन विषय बोक्नुपर्ने समेत बताएका हुन् ।

नीति तथा कार्यक्रमले देशको तत्कालीन आर्थिक विषयमा विश्लेषण तथा सूक्ष्म अध्ययन गर्नुपर्ने लेखकले बताए । यस्तै, दोस्रो विषय मुलुकको तात्कालिक समयको आवश्यकता र प्राथमिकतामा उभिएर निश्चित गन्तव्य निर्धारण गर्नुपर्ने समेत उनको भनाई छ । यस्तै, तेस्रो विषय आफूसँग भएको स्रोत साधनलाई परिचालन गरेर निर्धारित गन्तव्यमा पुग्न बाटो तय गर्नुपर्ने लेखकको भनाई छ । उनका अनुसार नीति तथा कार्यक्रम सरकारको आर्थिक घोषणा पत्र हो र यसले राज्यको लक्ष्य तय गर्नुपर्ने हुन्छ । 

 उनका अनुसार सरकारले नीति तथा कार्यक्रममार्फत निश्चित गन्तव्य र लक्ष्य देखाएका छ । यसमा आगामी १ वर्षमा देशको आर्थिक स्थिति कस्तो हुने विषय समेत समेटिएको लेखकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप