नीति तथा कार्यक्रममार्फत सरकारले तीन विषय बोक्नुपर्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रमेश लेखकले नीति तथा कार्यक्रम सरकारको अर्थ राजनीतिक घोषणापत्र भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लेखकले नीति तथा कार्यक्रमले मुख्य तीन विषय बोक्नुपर्ने समेत बताएका हुन् ।
नीति तथा कार्यक्रमले देशको तत्कालीन आर्थिक विषयमा विश्लेषण तथा सूक्ष्म अध्ययन गर्नुपर्ने लेखकले बताए । यस्तै, दोस्रो विषय मुलुकको तात्कालिक समयको आवश्यकता र प्राथमिकतामा उभिएर निश्चित गन्तव्य निर्धारण गर्नुपर्ने समेत उनको भनाई छ । यस्तै, तेस्रो विषय आफूसँग भएको स्रोत साधनलाई परिचालन गरेर निर्धारित गन्तव्यमा पुग्न बाटो तय गर्नुपर्ने लेखकको भनाई छ । उनका अनुसार नीति तथा कार्यक्रम सरकारको आर्थिक घोषणा पत्र हो र यसले राज्यको लक्ष्य तय गर्नुपर्ने हुन्छ ।
उनका अनुसार सरकारले नीति तथा कार्यक्रममार्फत निश्चित गन्तव्य र लक्ष्य देखाएका छ । यसमा आगामी १ वर्षमा देशको आर्थिक स्थिति कस्तो हुने विषय समेत समेटिएको लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण