कोशी प्रदेश : आन्दोलनकारीसँग वार्ता गर्न उपेन्द्र यादवको आग्रह
आइतबार, १४ जेठ २०८०, २३ : ११
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलन गरिरहेका आन्दोलनकारीमाथिको दमन बन्द गरी वार्ताबाट समस्याको हल गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् ।
प्रदेश सभाबाट प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखिएको छ । त्यसको विरुद्धमा विराटनगरलगायतका ठाउँमा आन्दोलन भइरहेको छ ।
अध्यक्ष यादवले कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुनेगरी पुनःनामाकरण गर्न माग गर्दै भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । प्रदर्शनमाथि दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुनेगरी आन्दोलनकारीसँग वार्ता गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण