‘गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको स्वागत’
सोमबार, १५ जेठ २०८०, २० : ५३
काठमाडौँ । एमालेका नेता शेरबहादुर तामाङले सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् ।
सरकारको घोषणापछि तामाङले भने, ‘गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो, म खुशी छु, सरकारलाई धन्यवाद ! हामी सबैलाई बधाई ! तपाँईको समर्थनलाई धन्यवाद ।’
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै औषधि प्रयोजनका लागि सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । यसको पक्षमा तामाङले पनि वकालत गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा