‘गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको स्वागत’
सोमबार, १५ जेठ २०८०, २० : ५३
काठमाडौँ । एमालेका नेता शेरबहादुर तामाङले सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् ।
सरकारको घोषणापछि तामाङले भने, ‘गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो, म खुशी छु, सरकारलाई धन्यवाद ! हामी सबैलाई बधाई ! तपाँईको समर्थनलाई धन्यवाद ।’
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै औषधि प्रयोजनका लागि सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । यसको पक्षमा तामाङले पनि वकालत गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण