शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिज अघि नै आदिपुरुषले उठायो ८५ प्रतिशत लगानी,  ४३२ करोड भारु कमाई

शनिबार, २० जेठ २०८०, १५ : ४१
शनिबार, २० जेठ २०८०

मुम्बई  । प्रभास यस वर्षको सुरुदेखि नै आफ्नो आगामी फिल्म ‘आदिपुरुष’का लागि चर्चामा छन् । कहिले उनको फिल्मको ट्रेलर, कहिले पोस्टर, कहिले खराब भीएफएक्सको कारण त कहिले उनको लुक्सको कारण चर्चा भइरहेको । 

कतिपयले फिल्मको विषयवस्तुलाई उत्कृष्ट मानेका छन् भने अधिकांशले यसलाई ट्रोल गरेका छन् । यस फिल्मलाई बहिष्कार गर्ने बताउने ट्विटरमा धेरै छन् । फिल्म ठूलो बजेटमा बनेको छ र यसैबीच आदिपुरुषले रिलिज अगावै मनग्य कमाइ पनि गरेको खबर छ ।

हो, तपाईंले सही पढ्नुभयो। निर्देशक ओम राउतको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’ को ट्रेलरले दर्शकको उत्साह बढाएको छ, त्यसैले दर्शकहरू यसलाई हेर्न आतुर छन् । यतिबेला यो फिल्म आफ्नो व्यापारलाई लिएर चर्चामा छ किनकी यसले रिलिज अगावै बम्पर कमाई गरेको छ । अब तपाई सोच्दै हुनुहुन्छ कि फिल्मको प्रि(बुकिङ नै सुरु भएको छैन भने कसरी रु

मिडिया रिपोर्टका अनुसार आदिपुरुषले रिलिज हुनुअघि नै आफ्नो बजेटको ८५ प्रतिशत रिकभर गरिसकेको छ । बलिउड हङ्गामाको एक रिपोर्ट अनुसार, आदिपुरुषले आफ्नो ५ सय करोड भारु बजेटको ८५५ रिकभर गरिसकेको छ। ओम राउतको फिल्मले ४३२ करोड भारु कमाइसकेको बताइएको छ ।

आदिपुरुषले संगीत अधिकार र डिजिटल अधिकार जस्ता गैरथिएटर राइट्स मार्फत २४७ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसबाहेक, फिल्मले दक्षिणमा आफ्नो थिएटर राइटबाट १८५ करोडको न्यूनतम ग्यारेन्टी पनि पाएको छ। बलिउड हङ्गामाको रिपोर्टमा प्रभासको आदिपुरुषले भव्य ओपनिङ गर्नेछ र रिलिजको पहिलो ३ दिन भित्र  हिन्दी संस्करणबाट कम्तीमा १ सय करोड रुपैयाँ सङ्कलन गर्नेछ।

आदिपुरुष संस्कृत महाकाव्य रामायणमा आधारित छ र प्रभास र कृति सेननका अलावा सैफ अली खान र सन्नी कौशल पनि महत्त्वपूर्ण भूमिकामा छन्। फिल्म यस वर्ष जनवरीमा रिलिज हुने तालिका थियो, तर, गत वर्ष रिलिज भएको फिल्मको ट्रेलरले भीएफएस र सीजीआईले राम्रो समीक्षा नपाएपछि, निर्माताहरूले चलचित्रको रिलिज स्थगित गर्ने निर्णय गरे। अब यो चलचित्र जुन १६ गते प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप