शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर

सोमबार, २९ वैशाख २०८२, ०१ : ००
सोमबार, २९ वैशाख २०८२

काठमाडौं । ऐतिहासिक एल क्लासिकोमा ४-३ को जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । आफ्नै घरेलु मैदानमा भएको ‘एल क्लासिको’ मा ४-३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको दूरी सात अंकमा पुर्‍याएको छ ।   

शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियालको भने समान खेलबाट ७५ अंक छ । लिगमा तीन खेल मात्र बाँकी रहँदा एक खेलमा जित वा बाँकी सबै खेलमा बराबरी नतिजा निकाल्दा पनि बार्सिलोना च्याम्पियन बन्ने पक्का पक्की भएको छ । 

यो सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित हासिल गरेको छ । आइतबार राति  फ्रेन्च स्टार केलियन एमबाप्पले गरेको ह्याट्रिक खेर गयो । ७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि त्यसपछि रियालले बराबरी गोल फर्काउन सकेन । 

उपाधि होडमा ठूलो झट्का लागे पनि एमबाप्पे २७ गोलसहित ला लिगाको शीर्ष गोलकर्ता भने बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की २५ गोलसहित दोस्रो स्थानमा रहे । 

घरेलु मैदानमा बार्सिलोनालाई सफलता दिलाउन राफिन्हाले २ गोल गर्दा,  लामिन यमल र एरिक गार्सियाले एक-एक गोल गरे । च्याम्पियन्स लिग सेमीफाइनलमा इन्टर मिलानसँग समग्रतामा ७–६ को हार व्यहोरेपछि प्रतियोगिताबाट बाहिरिएको बार्सिलोनाले यो सिजन रियालविरुद्धका सबै खेल जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप