संसद बैठक
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द नगरेसम्म संसद् चल्न नदिने एमाले अडान
आइतबार, २१ जेठ २०८०, ११ : ४२
काठमाडौँ । नेकपा एमालेले हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे जानकारी गराइसकिएको र सो विधेयक रद्द नहुन्जेल एमालेले संसद्को कामकारबाही अघि बढाउन नदिने सचेतक बर्तौंलाले बताए । एमालेको अडानका कारण आइतबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण