लुम्बिनी केबलकारको उद्घाटन आज प्रधानमन्त्रीबाट हुने
बुटवल । लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने भएका छन् । केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान हेलिकोप्टरबाट बुटवल आउने कार्यक्रम तय भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले प्रधानमन्त्री साँढे १० बजे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउने र त्यसपछि केबलकार उद्घाटन बुटवलको वमधाटमा गर्ने रातोपाटीलाई बताए । केबलकार पुग्ने स्थान पाल्पाको तिनाउ गाउँपालिका वार्ड ३ बसन्तीपुरमा टप स्टेसन सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्रीसँगै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सँगै आउने छन् । साढे ३ अर्ब लगानीमा बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।
आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबलकारको टप स्टेसनमा कामाख्यादेवीको आकर्षक मन्दिर सहितका धार्मिक संरचनाहरू बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण