साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ । भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि बिहीबार नेपाली टोलीको घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टोले साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
घोषित नेपाली टोलीमा गोलरक्षकतर्फ किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् ।
यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर छन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले पहिलो पटक राष्ट्रिय टोलीमास्थान बनाएका हुन् ।
नेपाल साफ च्याम्पियनसिपको समूह ’ए’ मा परेको छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । आगामी साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा आयोजना हुनेछ ।
फिफाको प्रतिबन्धमा परेका कारण यो संस्करणमा श्रीलंका भने सहभागी छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म