शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोल्ड सिनले भरिएको ‘परस्त्री’ ट्रेलर सार्वजनिक

बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा यौन, अपराध, प्रेम र धोका देखाउन खोजिएको छ । ‘चपली हाइट’पछि यौन मनोविज्ञानमा आधारित भएर फिल्म निर्माणको ट्रेन्ड नै सुरु भएको थियो । ‘चपली हाइट’कै निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘परस्त्री’ मार्फत फेरि एकपटक यौन मनोविज्ञानको कथा पस्किएका छन् ।

कार्यक्रममा फिल्मका लेखक समेत रहेका दीपेन्द्रले समाजमा दैनिक घटेका घटनालाई फिल्म मार्फत पस्किएको बताए । ‘हामीले अहिले दैनिक श्रीमान् श्रीमतीको झगडा, डिभोर्स लगायतका विषय मिडियामा समाचारको रुपमा देख्न सक्छौ’, दीपेन्द्रले थपे ‘त्यही विषय मैले फिल्ममा पस्किएको छु ।’

ट्रेलरमा अभिनेत्री शिल्पा मास्के रेडियोमा कार्यक्रम चलाउँछिन् । उनलाई श्रीमान् कोसिस क्षेत्रीले सधैं शंका गर्छन् । एक दिन जिमखानामा उनको भेट गौरव विष्टसँग हुन्छ । बिस्तारै उनीहरु एकअर्कासँग नजिक हुन्छन् र शारीरिक सम्बन्ध स्थापित हुन्छ । उता कोसिसको पनि परस्त्रीसँग अनैतिक सम्बन्ध छ । अनैतिक सम्बन्धका कारण सिर्जित हिंसात्मक घटनालाई ट्रेलरमा प्रस्तुत गर्न खोजिएको छ ।

ट्रेलरमा शिल्पाको ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ ।

कार्यक्रममा शिल्पाले फिल्मको भूमिका लागि आफूले यो पटक चुनौती उठाएको बताइन् । ‘फिल्म अफरको समय अभिनय गर्नेकी नगर्ने केही निर्णय गर्न  गाह्यो भएको उनको धारणा रहेको थियो ।

‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो फिल्मको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो’ उनले भनिन् ‘चुनौती उठाएर अभिनय गरे । अहिले ठिक गरे जस्तो लाग्छ ।’

आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनकी आमा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् ।

निर्देशक पाण्डेले फिल्म राम्रो बनेको दाबी गरे । अभिनेता कोसिस क्षेत्रीले एउटा राम्रो फिल्म दिने कोसिस गरेको बताए । अभिनेता गौरव र अभिनेत्री अशान्त शर्माले फिल्ममा आफ्नो भूमिका राखेका थिए ।

फिल्ममा शिल्पा, कोसिस, गौरवको अलावा अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । फिल्मका छायाँकार निरज पाण्डे हुन् ।

1686214951383-01_copy_910x13651686215135326-01_copy_910x13651686215541471_copy_2048x13651686215541479_copy_2048x13651686215541486_copy_2048x13651686215541493_copy_2048x13651686215541502_copy_2048x13651686215541508_copy_2046x13651686215541515_copy_2048x13651686215541529_copy_2048x13631686215541536_copy_2048x13651686215541542_copy_2048x13631686215541557_copy_2048x13651686215541564_copy_2048x1365

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया