शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

शुक्रबार, २६ जेठ २०८०, १० : ४३
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

यता चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप