प्रतिमाले जितिन् मिस मगर इन्टरनेशनलको ताज
काठमाडौँ । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आलेमगरले जितेकी छिन् । शनिबार साँझ नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित फिनाले १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । मगरले शीर्ष उपाधिका साथमा नगद ४ लाख रुपैयाँ, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट ५ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरिन् ।
यस्तै प्रतियोगितामा स्मृति ठाडामगर फस्र्ट रनरअप र क्लिया थापामगर सेकेन्ड रनर अप विजेता बने । उनीहरुले क्रमशः २ लाख र १ लाख रुपैंयाँसहित पाँच लाख रुपैंयाँ बराबरको जीवन बिमा प्राप्त गरे ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा,अभिनेत्री मिरुना मगर,अभिनेता अनुपविक्रम शाही, मोडल रीना थापामगर,हिमाल राना,संजोग लाफामगर,अलिगिभा पुनमगर र रुद्र सिरिजमगर निर्णायक रहेको प्रतियोगितामा उपसभामुख इन्दिरा रानामगर, नेपाल महिला मगर संघकी केन्द्रीय अध्यक्ष हिरु रानामगर लगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण