राप्रपाको रवीन्द्र मिश्र पक्षीय केन्द्रीय सदस्यद्वारा राजीनामा घोषणा
काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटा (जुम्ला) ले राजीनामा दिएका छन् । व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्ने भएकाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको देवकोटाले जानकारी दिए ।
अब आफू स्वतन्त्र हैसियतमा बस्ने र अन्य कुनै पार्टीमा प्रवेश गर्ने योजना नरहेको देवकोटाले रातोपाटीलाई बताए ।
उनले आइतबार नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन् । तत्कालीन रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको तर्फबाट उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए । गत वर्षको असोज ३१ गते उनी मिश्र पक्षको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएका थिए ।
तर, उनले दिएको राजीनामा पत्रमा भनिएको छ, ‘मेरा व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्दा पार्टीको वृद्धि, विकास तथा विस्तारमा क्षति नपुगोस् भन्ने हेतुले ज्येष्ठ २८ गतेबाटै लागू हुने गरी राजीनामा दिएको ब्यहोरा जानकारी गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
-
विजय मल्लका कृतिहरू
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण