कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतबार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उनले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी रहेको बताएका हुन् ।
मन्त्री शर्माले भने, “माथिल्लो क्षेत्रमा चौँरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवर्द्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषधोपचार पद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।” नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण