भक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच प्रदर्शन
काठमाडौँ । भक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच प्रदर्शन गरिएको छ । लोपोन्मुख अवस्थामा रहेको मुकुन्डो नाचलाई सोमबार एक समारोहबीच प्रस्तुत गरिएको हो । भक्तपुरमा पुरातन नृत्यहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा – प्रतिष्ठान नृत्य विभागले ‘मुकुन्डो नृत्य प्रस्तुति २०८०’ आयोजना गरेको हो । कार्यक्रममा त्यहाँको मुकुन्डो नाचबारे छलफलसँगै २ घण्टासम्म विभिन्न किसिमका मुकुन्डो नाच प्रस्तुत गरिएका थिए । समारोहमा कुमारी, महाकाली, भूत भैरव,नागचा प्याख, माक प्याख, महालक्ष्मी नृत्य जस्ता मुकुन्डो नृत्यहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश कृषि मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले यस्ता नृत्यहरूलाई संरक्षणसँगै प्रवर्धन गर्नुपर्ने सुझाव दिए । उनले सदियौँदेखि प्रस्तुत हुँदै आएका यस्ता नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने पनि बताए । कार्यक्रममा मन्त्री श्रेष्ठ, परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमाल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टीका पुन, प्राज्ञ हिसनबहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।
_jHJ13fQr4V.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण