बुधवारदेखि हास्य टेलिश्रृंखला ‘ख्यालठट्टा’
काठमाडौँ । पछिल्लो समय विभिन्न टेलिभिजनको विकाससँगै हास्य टेलिश्रृंखला निर्माणको क्रम पनि बढेको छ । यस्तैमा समसामयिक विषयवस्तुमा कमेडी मिश्रण गरेर टेलिश्रृंखला ‘ख्यालठट्टा’ निर्माण भएको छ । टेलिश्रृंखलाको लेखन तथा निर्देशक नेत्र राउत हुन् ।
राजाराम पौडेल, विनोद राई, नबिना सिलवाल, पवन खतिवडा, सन्देश लामिछाने, नेत्र राउत, सलोन कार्की नबुजङ्ग थापा, वीरेन्द्र मुखिया, रमेश सापकोटा लगायतको अभिनय रहने श्रृंखला काभ्रेको ढुङखर्क लप्सिबोट आसपासका स्थानमा छायाङ्कन भएको हो ।
प्रवेश पोखरेललेको छायाङ्कन, राजेन्द्र मानन्धरको सम्पादन रहेको टेलिश्रृंखला आगामी बुधवार अर्थात ३१ जेठदेखि एनएमटिभीबाट प्रसारण हुनेछ ।
टेलिश्रृंखलामा समसामयिक विषयवस्तु हास्य माध्यमबाट केही फरक तरिकाले पस्कन लागेको निर्देशक राउतले बताए । उनले टेलिश्रृंखला परम्परागत भन्दा फरक ‘ख्यालठट्टा’ शैलीमा निर्माण गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण