स्वास्थ्य परीक्षणका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए ।
जोशीले रातोपाटीसँग भने, 'उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ, अहिले पनि फलोअपमा जान लाग्नुभएको हो । पहिले नै जानुपर्ने थियो । व्यस्तताले जान पाउनु भएको थिएन ।'
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्।यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ । यसअघि २०७६ जेष्ठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण