बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्री थापाले भने–पार्टी सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्छ

मङ्गलबार, ३० जेठ २०८०, १४ : २१
मङ्गलबार, ३० जेठ २०८०

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।  

विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।

थापाले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए । प्रधानमन्त्रीमा पार्टी सभापति देउवा बाहेक अरुनै हुनुपर्ने उनले बताए । 

थापाले जनताले कांग्रेसबाट अब नयाँ प्रधानमन्त्रीको खोजी गरेको उनले दाबी गरे । सभापतिले आफ्नो र पार्टी हितका लागि भएपनि पद छोड्नु पर्ने उनले बताए । 

‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागू गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप