बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मृगौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान

बिहीबार, ३२ जेठ २०८०, ०८ : ३६
बिहीबार, ३२ जेठ २०८०

कोलम्बो । श्रीलंकाका सेनाका डाक्टरहरूले विश्वकै सबैभन्दा ठुलो पत्थरी अप्रेसन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिर्गौलाको सबैभन्दा ठुलो पत्थरी निकालेर विश्व कीर्तिमानसमेत बनाएका छन् । 

अस्पतालका प्रमुख युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले मिर्गौलाबाट १३.३७ सेन्टिमिटर लम्बाइको ८०१ ग्राम तौलको पत्थरी निकालेर गिनिज बुकमा नाम दर्ता गराएको हुन् । 

यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेमी मिर्गौलाको पत्थरी निकालिएको थियो । उही समयमा, पाकिस्तानमा २००८ मा सबैभन्दा भारी ६२० ग्राम ढुङ्गा निकालिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप