शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सम्पन्न

शनिबार, ०२ असार २०८०, ०८ : १७
शनिबार, ०२ असार २०८०

इटहरी । थारू चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन गर्ने उद्देश्यसहित सुनसरीको झुम्कामा तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव विहीवार सम्पन्न भएको छ । 

थारू चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा भएको २ दिने महोत्सवमा थारू चलचित्र उद्योगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । 

यो महोत्सव तथा सम्मान कार्यक्रम पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारू समुदायको कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारू चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए । 

महोत्सवमा २०४७ सालमा निर्माण भएको पहिलो थारू चलचित्र ‘करम’सहित हालसम्म निर्माण भएका १ सय १५ वटा थारू फिल्म तथा ८० वटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

IMG_0108 copyIMG_0104 copyIMG_0030 copyIMG_0011 copy
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप