मोबाइलबाट हाजिरी, घरमा तलब
काठमाडौँ । काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी ( ल्याप्चे ) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
समितिका तत्कालीन सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो । यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन । उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ । त्यहाँ स्थायी कर्मचारीको दरबन्दी २८ छ । अधिकांश कर्मचारी ज्यालादारी र करारमा छन् । उनीहरूको तलब सुविधा पनि घरमै पुग्छ । अर्थात् तलब भत्ताका लागि पनि उनीहरू कार्यालय जानुपर्दैन । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले उनीहरू सबैको तलब बैंकमा पठाइदिन्छ । समितिका आइटी प्रमुख रोहित कँडेलका अनुसार ज्यालादारी तथा करारमा कार्यरत सबै कर्मचारीको मोबाइलमा आरसिएमसी ( रिभर क्लिनर मोनिटरिङ सिस्टम) नामक एप राखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण