किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०
किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् ।
काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आइतवार गोलभेडाको थोक मूल्य ६ रुपैयाँ प्रतिकिलो थियो ।
एक महीनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री भएको गोलभेडा आइतवार ६ रुपैयाँमा पनि विक्री नभएको कालीमाटीका व्यापारीको गुनासो छ । गोलभेडाको उचित मूल्य नपाएको भन्दै व्यापारीले नागार्जुन, काभ्रे, काठमाडौँ उपत्यकाका किसानलाई बोलाएर गोलभेडा सडकमा फालेका हुन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण