शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

शुक्रबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

शुक्रबार, १२ असार २०८३, ०५ : १९
शुक्रबार, १२ असार २०८३

सारांश

  • आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असार १२ गते शुक्रबार, इस्वी सन् २०२६ जुन २६ तारिख हो ।
  • शुभकार्य तथा यात्राको लागि लाभबेला र अमृत बेलाको समय पारेर गर्नु उपयुक्त हुनेछ ।
  • विभिन्न राशिका लागि आजको दिनको राशिफल अनुसार माया प्रेम, व्यापार, शिक्षा, स्वास्थ्य र यात्राको योग बताइएको छ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असार १२ गते । शुक्रबार । इस्वी सन् २०२६ जुन २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्ष । तिथि–द्वादशी, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–विशाखा बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त अनुराधा । योग– सिद्ध, दिउसो १ बजेर ४६ मिनेट उप्रान्त साध्य । करण–बालव, दिउसो ३ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला, मध्यान्ह १२ बजेपछि वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३५ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ११ मिनेटसम्म चर बेला ।
  • बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर ४० मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २३ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म रोग बेला ।
  • दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो ३ बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म चर बेला ।
  • बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर १९ मिनेटदेखि दिउसो १२ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्यापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलासी वस्तुको प्रयोग गर्न पाइने भए पनि बढी नै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको योग रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले राजनीति वा नोकरीबाट लाभ मिल्नेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा उत्पादनमूलक व्यवसायमा लागानि गर्नेहरूका लागी समय शुभ रहेको छ ।  छोटो दुरीको उपलब्धि मूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साँझपख छोटो दुरीको यात्रा हुने तथा भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य काममा अल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ  । मध्यान्हबाट समय राम्रो रहेकोले प्रविधि तथा सामाजिक सञ्जालको माध्यमबाट आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा बढोत्तरीको योग रहेको छ ।  
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खनिज पदार्थ, इलेक्ट्रिक सामान, तरल पदार्थ, पहिरन, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।  इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । साँझपख लामो दुरीको यात्राको योग रहेको छ । विदेशबाट सञ्चालित संस्थामा काम पाउने तथा विदेशी भूमिमा बसेर गर्ने काम फलदायी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न फाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । साँझपख आफन्त साथीभाइसँग भेट भई खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागी कडा मेहनतको खाँचो पर्नेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले लामो दुरीको यात्रा हुनेछ । नोकरीमा सम्मान, स्थानान्तरण वा बढुवाको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप