वितरक ब्यांकटेसले भन्यो- 'आदिपुरुष’ हामीले होइन हलले बन्द गर्यो
सोमबार, ०४ असार २०८०, १६ : ३१
काठमाडौँ । सोमबारबाट भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन रोकिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सोमबारदेखि काठमाडौँ महानगरका हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि फिल्म रोकिएको हो ।
तर हल व्यवसायीले भने सुरक्षाको कारण देखाएर देशभरको हलमा फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकेका छन् । केही मिडियामा भने फिल्म वितरक ब्यांकटेस फिल्मसले नै प्रदर्शन रोकेको समाचार पनि बनेका छन् । ब्यांकटेस फिल्मसले उक्त समाचार भ्रामक भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वितरक ब्यांकटेसले सोमबार एक विज्ञप्ति जारी गर्दै फिल्म आफ्नो कारणले नभएर महानगरपालिका मेयर बालेन साहले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिको आधारमा सुरक्षाको कारण देखाएर प्रदर्शकले बन्द गरेको स्पष्ट पारेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण