बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

श्रमिकका पक्षमा काम गर्न ट्रेड युनियन कांग्रेस संघर्षमा उत्रिनुपर्छ : महामन्त्री थापा

सोमबार, ०४ असार २०८०, १८ : ११
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले ट्रेड युनियनले देशको विकास भएन भन्ने भाष्य चिर्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनको उद्घाटनमा उनले भने, ‘मुलुकको विकास हुन नसक्नुमा ट्रेड युनियन हो भन्ने नयाँ पुस्ताले भाष्य निमार्ण गर्न खोजेको देखिन्छ । हामीले यो महाधिवेशनबाट यो भाष्य चिर्न सक्नुपर्छ  ।’

पुराना पार्टीको सान्दर्भिकमाथि प्रश्न उठिरहेको भन्दै यसलाई चिर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए ।  ट्रेड युनियन कांग्रेसले आफ्ना माग सम्बोधनका लागि संघर्षमा उत्रिनुपर्ने उनले बताए । ‘श्रम आयोग, श्रम अदालतको कुरा हामीले पनि उठाउछौँ । तर ट्रेड युनियन कांग्रेसले पनि आन्दोलनमा उत्रिनुपर्छ । केही विषय सल्लाहमा हुन्छ, केही विषय संघर्षबाट हुन्छ,’ महामन्त्री थापाले भने ।

नागरिकलाई कांग्रेस बनाउने ठूलो माध्यम ट्रेड  युनियन कांग्रेस भएको महामन्त्री थापाले बताए । उनले भने, ‘हामी तपाईंसँग काम गर्न तयार छौँ । तपाईका कुरा पार्टीको नीति महाधिवेशनमा सम्बोधन हुन्छ ।’ साथै उनले कांग्रेस बदल्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस बदलिनुपर्छ । कांग्रेस नबदिए संकटमा पर्छ । कहिले हामीले झ्याल बदल्नुपर्छ । कहिले ढोका बदल्नुपर्छ । कहिले धुरी पनि बदल्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप