प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल
काठमाडौँ । प्रनितिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।
बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिए ।
बैठकमा जनार्दन शर्मा, विनिता कठायत धु्रवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अर्जुनरसिंह केसी, शङ्कर भण्डारी, रामनाथ अधिकारी, उर्मिला थेबे, नागिना यादव, मनबहादुर गुरुङ, पूर्णबहादुर तामाङ, सूर्यकुमारी श्रेष्ठ, रामकृष्ण यादव, प्रतीक्षा तिवारी, रामहरि खतिवडा, ईश्वरी घर्ती, मैना कार्की, अमृतलाल राजवंशी, जावेदा खातुन, सरिता भुसाल, दीपा शर्मा, प्रभु हजारा दुसाधलगायतले मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गरे । प्रतिनिधिसभाको अर्काे बैठक यही असार ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण