मकवानपुर र कास्कीमा भारी वर्षा : खोलाहरूमा आकस्मिक बहावको सम्भावना
शनिबार, ०९ असार २०८०, ०७ : ०१
काठमाडौँ । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ।
यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण