आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर र कास्कीमा भारी वर्षा : खोलाहरूमा आकस्मिक बहावको सम्भावना

शनिबार, ०९ असार २०८०, ०७ : ०१
शनिबार, ०९ असार २०८०

काठमाडौँ । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ।

यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप