बागमती नदीको बाढीमा फसेका ५ जनाको उद्धार
रौतहट । रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्धार गरेको छ। बागमती नदीमा एक्कासि बाढी आएपछि पारी गोठाला गएका ४ जना महिलासहित पाँच जनाको सुरक्षा टोलीले सुरक्षित उद्धार गरेको हो।
जिल्लाको राजदेवी नगरपालिका ३ चन्डिहा गाउँबाट शुक्रबार साँझ भैँसी चराउन बागमती नदीको बगरमा गएका ५ जना गोठाला एक्कासि नदीमा बाढी आएपछि बगरमा फसेको थिए। घटनाबारे प्रहरीलाई राति १० बजे खबर आउनासाथ तत्कालै प्रहरीको उद्धार टोलीले ३ जनालाई राति १२ बजे २ जनालाई आज बिहान उद्धार गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।
संयुक्त टोलीले राजदेवी ३ घर भएकी ५० वर्षीय रामपति देवी, ३० बर्सिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० वर्षीय किसान सहनीलाई राति नै उद्धार गरेको थियो।
भैँसीसहित रहेका राजदेवी ३ का ६० वर्षीय विलास साह र ४० वर्षीय करणशीला साहलाई चौपायासहित आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उद्धार टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण