सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु छ करोड ७४ लाख ९२ हजार दुई सय ६२, आश्रित परिवार सुरक्षा योजनाबापत रु सात करोड ९६ लाख ७६ हजार दुई सय २६ र वृद्धावस्था सुरक्षा योजनाबाट रु चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषमा हालसम्म रु ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ । कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण