भारतसँग हारेपछि उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करणमा नेपालले उपाधि जित्ने सम्भावना समाप्त भएको छ । लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । नेपाली टोली शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र भारतसँग २—० गोलले पराजित भयो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा सञ्चालन भइरहेको छ ।
घरेलु टोली भारतले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो गोल सुनिल क्षेत्रीले गरेका थिए । उनले पहिलो गोल निर्धारित समयको ६१औं मिनेटमा गरेका थिए । दोस्रो गोल खेलको ७०औं मिनेटमा महेश सिंहले गरेका थिए ।
समूह ‘ए’ बाट भारत र कुवेत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ । कुवेतले आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई ४—० गोलले हराएको थियो । भारतले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४—० गोलले नै पराजित गरेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ । तर, नेपाल र पाकिस्तान दुबै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म