साउन ५ गतेदेखि फिल्म ‘ए ढाक्रे दाई’ प्रदर्शन हुने
काठमाडौँ । करिब ६० वर्षअघिको ढाक्रे जीवन शैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा फिल्म निर्माण गरेको बताएका छन् ।
‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी, घिउ, भटमासहरु त्यहाँ बेचेर नून, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’ फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय छ ।
सुमन थापा र बिनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, विजय पोखरेल र विनोद चौधरीको स्म्पादन छ । ‘ए ढाक्रे दाई’ को वितरण आरआर फिल्म प्रोडक्शनले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण