मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७३ करोडभन्दा बढी

आइतबार, १० असार २०८०, १५ : ५१
आइतबार, १० असार २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आइतबार भएको नगरसभामा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । 

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पुँजीगत तर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपैयाँ विनियोजन गरिएको छ । तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । 

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारमा सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरञ्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप