तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७३ करोडभन्दा बढी
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आइतबार भएको नगरसभामा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पुँजीगत तर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपैयाँ विनियोजन गरिएको छ । तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारमा सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरञ्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण