बढेर आयो वीरेन्द्रनगर नगरपालिकाको बजेट
सुर्खेत । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको बजेट बढेर आएको छ । आइतबार १३ औँ नगर सभामार्फत आगामी आर्थिक बर्ष २०८०–०८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको हो । जनु चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब भन्दा धेरै हो । चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको थियो । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।
बजेट विशेषगरि वीरेन्द्रनगरको वर्तमान आवाश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेर आएको छ । ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले सोहीको आधारमा रहेर बजेट ल्याएको छ । यस्तै नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यक्रम ल्याइएको छ ।
यस्तै वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माणको योजना पनि नगरपालिकाले अघि सारेको छ । वर्तमान बसपार्कले राजधानीको सवारी अवस्थालाई थेग्न नसक्ने भन्दै नगरपालिकाले प्रदेश स्तरिय बसपार्क निर्माण गर्न लागेको हो । यस्तै नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि आफ्ने युट्युव च्यानल सञ्चालन गर्ने भएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण