‘हेरिटेज अफ फेसन’ शो मार्फत अष्ट्रेलियामा नेपाली पहिरन प्रदर्शन
काठमाडौँ । नेपाली डायस्पोराको चर्चित मध्येको एक फेसन शो ‘हेरिटेज अफ फेसन’ अष्ट्रेलियाको तास्मानियामा सम्पन्न भएको छ ।
फिल्म निर्माता समेत रहेका सन्तोष अधिकारीले यो शोमार्फत नेपाली फेसनलाई अष्ट्रेलियामा परिचित गराएका हुन् । यो शोमा अष्ट्रेलियाली सांसददेखि मेयरसम्मको उपस्थिति थियो ।
हेरिटोज फेसन शोको तास्मानिया संस्करणमा सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केली उपस्थिति रहे । शोमा नेपालबाट कोरियोग्राफर मुस्कान रानी, डिजाइनर अमितेश कर्ण र इन्द्रलक्ष्मी अचाजुसमेत सहभागीका लागि पुगेका थिए ।
आसाप इन्टरटेनमेन्टले आयोजना गरेको उक्त शो तास्मानियामा नेपाली समुदायको पहिलो शो रहेको अधिकारीले बताए । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा ¥याम्प नापेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण