शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका तीन विश्वविद्यालय शीर्ष २० मा प्रवेश

बुधबार, १३ असार २०८०, १८ : १६
बुधबार, १३ असार २०८०

क्यानबेरा । क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयको र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।

मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९औं स्थानमा छन्।

अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले,'आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको,' बताइन् ।  

उनका अनुसार र्याङ्किङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ । (रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप