अष्ट्रेलियाका तीन विश्वविद्यालय शीर्ष २० मा प्रवेश
बुधबार, १३ असार २०८०, १८ : १६
क्यानबेरा । क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयको र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।
मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९औं स्थानमा छन्।
अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले,'आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको,' बताइन् ।
उनका अनुसार र्याङ्किङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण