कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्री कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव गर्ने

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । अधिवेशन यही प्रयोजनका लागि बोलाइएको हो ।
यद्यपि संसद्को पहिलो बैठकमा सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव राख्ने जानकारी दिए ।
कार्की नेतृत्वको सरकार साढे ५ महिना अगाडि अर्थात पुस २५ गते गठन भएको हो । माओवादी केन्द्र, जसपा, राप्रपासहितको समर्थनमा एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारबाट १३ सांसद रहेको माओवादी र १ सांसद रहेको जसपा सरकारबाट फिर्ता हुँदै मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । योसँगै ६० सांसदको समर्थनमा बनेको कार्की नेतृत्वको सरकार अल्पमतमा छ ।
हाल उनलाई एमालेको ४० र राप्रपाको ६ सांसद गरी ४६ सांसदको मात्रै समर्थन छ । सरकार निर्माणका लागि बहुमत पुर्याउने ४७ सांसद आवश्यक हुन्छ ।
कार्की नेतृत्वको सरकार अल्पमत परेसँगै कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले गठबन्धन गरेर अर्को सरकार गठनका लागि तीव्र पहल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा ठुलो माछा, केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?