कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्री कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव गर्ने
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । अधिवेशन यही प्रयोजनका लागि बोलाइएको हो ।
यद्यपि संसद्को पहिलो बैठकमा सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव राख्ने जानकारी दिए ।
कार्की नेतृत्वको सरकार साढे ५ महिना अगाडि अर्थात पुस २५ गते गठन भएको हो । माओवादी केन्द्र, जसपा, राप्रपासहितको समर्थनमा एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारबाट १३ सांसद रहेको माओवादी र १ सांसद रहेको जसपा सरकारबाट फिर्ता हुँदै मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । योसँगै ६० सांसदको समर्थनमा बनेको कार्की नेतृत्वको सरकार अल्पमतमा छ ।
हाल उनलाई एमालेको ४० र राप्रपाको ६ सांसद गरी ४६ सांसदको मात्रै समर्थन छ । सरकार निर्माणका लागि बहुमत पुर्याउने ४७ सांसद आवश्यक हुन्छ ।
कार्की नेतृत्वको सरकार अल्पमत परेसँगै कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले गठबन्धन गरेर अर्को सरकार गठनका लागि तीव्र पहल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण