कमेडी क्लब विथ च्याम्पियनसमा गन्धर्वको अपमान गरिएको आरोप
काठमाडौँ । नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ् च्याम्पियन्स्’ मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व सांस्कृतिक कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ । कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेसा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमा माथि संघले आपत्ति जनाएको हो ।
संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसँग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अवहेलनाका दृष्टिले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पुर्याएकाले तत्काल उक्त पात्रसँग जोडिएका शृङ्खलाहरू हटाउन र सार्वजनिकरुपमा माफी माग्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनि उक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदायसँग जोडिएको कला, संस्कृति र बाजालाई अवहेलनाका दृष्टिले प्रस्तुत गर्दै आइरहेको भन्दै आपत्ति जनाएका छन् ।
“गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन, हामीले देशको लोकसंस्कृतिमा दिएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्यमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृश्य तत्काल हटाउनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।
संस्थाका महासचिव गन्धर्वले, गन्धर्व समुदायको मौलिक बाजा सारङ्गी एउटा वाद्य यन्त्रमात्रै नभई, राष्ट्रको पहिचान, जीवन, एकताको प्रतीक र इतिहास भएको बताउँछन् । गन्धर्व समुदायले देशका विभिन्न कालखण्डमा भएका सामाजिक एवम् राजनीतिक आन्दोलनमा पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै यस्ता सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने पात्र र कार्यक्रमले सिंगो समुदायलाई आघात पुर्याएको महासचिव गन्धर्वले बताए । उनले उक्त कार्यक्रममा समावेश भएको गन्धर्व पात्र तत्काल हटाउन र सारङ्गीलाई मर्यादितरुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले सो कार्यक्रमबाट गन्धर्व पात्रसँग सम्बन्धित सम्पूर्ण दृश्यहरू नहटाइए कानुनी कारबाहीका लागि अघि बढ्ने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण