चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन मनोनीत
बिहीबार, १४ असार २०८०, १९ : २४
काठमाडौँ । चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन मनोनीत भएका छन् । बिहीबार बसेको संघको कार्यकारी समिति बैठकले बम्जनलाई उपाध्यक्षमा मनोनीत गरेको हो ।
बैठकले संघकाे कार्यकारी सदस्यमा जयन्त रेग्मीलाई समेत मनोनयन गरेको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
यो नियुक्तिसँगै चलचित्र कलाकार संघको कार्यसमितिले पूर्णता पाएको छ । २१ जनाको कुल कार्यसमिति हुने संघमा १७ जना निर्वाचित भएका थिए ।
नेपाली फिल्ममा खलपात्रको अभिनयबाट चर्चित बम्जनले ‘धुवाँ यो नशा’बाट अभिनय करियर थालेका थिए । उनले रेलीमाई, हिरो रिटर्न्स, रुमालै छ चिनो, छिरिङ लगायत फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण