शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रमुख चाहिन्छ : जनार्दन शर्मा

बिहीबार, १४ असार २०८०, २२ : ०६
बिहीबार, १४ असार २०८०

ओमन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक स्थायित्वका लागि देशमा कार्यकारी प्रमुख चाहिने बताएका छन् । बिहीबार एनआरएनए ओमनले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा शर्माले प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी अधिकार हुनेगरी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

शर्माले भने– ‘राजनीतिक स्थायित्वका लागि वाम एकता गरियो, तर त्यो टिकेन । अहिले गठबन्धनको राजनीति अघि बढिरहेको छ तर राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रमुखको आवश्यकता छ ।’  राजनीतिक स्थायित्व भएमात्रै देश विकास हुने उनको भनाइ छ ।

देश विकाशमा लगानी आवश्यक भएको उल्लेख गर्दै शर्माले नेपालमा लगानीको क्षेत्र धेरै भएकाले ढुक्क भएर लगानी गरि प्रतिफल लिन र देश विकासमा योगदन दिन अनुरोध गरे । उनले एनआरएनए फैलँदो क्रममा रहेकाले यसको उचित व्यस्थापन गर्नुपर्नेमा पनि जोड दिए । 

उनले कुनै पनि रुपमा एनआरएनए फुट्न नहुने भन्दै आफ्नो समेत सक्रियतामा दुई संस्था एक बनाउने सहमति गरेकाले त्यसमा तलमाथि नगर्न सचेत गराए । उनले भने– ‘सहमति कसैले तोड्न पाइँदैन । तोडिए मानिदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप