राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रमुख चाहिन्छ : जनार्दन शर्मा
ओमन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक स्थायित्वका लागि देशमा कार्यकारी प्रमुख चाहिने बताएका छन् । बिहीबार एनआरएनए ओमनले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा शर्माले प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी अधिकार हुनेगरी व्यवस्था हुनुपर्नेमा जोड दिए ।
शर्माले भने– ‘राजनीतिक स्थायित्वका लागि वाम एकता गरियो, तर त्यो टिकेन । अहिले गठबन्धनको राजनीति अघि बढिरहेको छ तर राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रमुखको आवश्यकता छ ।’ राजनीतिक स्थायित्व भएमात्रै देश विकास हुने उनको भनाइ छ ।
देश विकाशमा लगानी आवश्यक भएको उल्लेख गर्दै शर्माले नेपालमा लगानीको क्षेत्र धेरै भएकाले ढुक्क भएर लगानी गरि प्रतिफल लिन र देश विकासमा योगदन दिन अनुरोध गरे । उनले एनआरएनए फैलँदो क्रममा रहेकाले यसको उचित व्यस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
उनले कुनै पनि रुपमा एनआरएनए फुट्न नहुने भन्दै आफ्नो समेत सक्रियतामा दुई संस्था एक बनाउने सहमति गरेकाले त्यसमा तलमाथि नगर्न सचेत गराए । उनले भने– ‘सहमति कसैले तोड्न पाइँदैन । तोडिए मानिदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण