बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि

शनिबार, १६ असार २०८०, १० : ०२
शनिबार, १६ असार २०८०

बुटवल । लगातार परेको वर्षाका कार०ा तिनाउ नदीको जलसतह खतरा तह भन्दा माथि रहेको र आज खतरा तह माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य नदीहरुको बहाव बढ्दो क्रममा रहे पनि सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको हो । 

आज रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), आसपास भई बहने केही स-साना नदीहरुमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउनसक्ने महाशाखाको भनाई छ । सो स्थानको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप