अध्यक्षको कार्यशैलीप्रति असहमति जनाउँदै क्रिकेट संघका महाप्रबन्धकको राजीनामा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको खनाले रातोपाटीलाई बताए । क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । ‘उहाँले राजीनामा दिनुभएको हो र राजीनामा स्वीकृत पनि भइसकेको छ,’ अध्यक्ष चन्दले भने । खनालले अध्यक्ष चन्दको कार्यशैली राम्रो नभएकाले राजीनामा दिएको बताए ।
‘हरेक कुरामा राजनीतिक हस्तक्षप हुन थालेपछि बाध्य भएर राजीनामा दिएको हुँ । अनावश्यक राजनीतिक हस्तक्षपले नै खेलकुदलाई विगारेको रहेछ,’ उनले भने । खनालले क्यान अध्यक्ष चन्दको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । ‘क्यान अध्यक्षको कार्यशैली पनि ठिक छैन । हरेक कुरामा विवाद गर्नुहुन्छ । सबै कुरा उहाँले भनेजस्तै हुनुपर्छ । अरुले दिएको राम्रो सल्लाहलाई पनि उहाँ स्वीकार्न सक्नुहुन्न । उहाँसँग मिलेर काम गर्न सक्ने वातावरण नै नभएपछि राजीनामा दिनुको विकल्प रहेन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण